२ मंसिर २०८१, आईतवार
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा पार्टीमा सहमति नभएको दाबी गरेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बेलामा गरिएको आलोपालो सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेको बेला पोखरेलको यस्तो भनाइ सार्वजनिक भएको हो ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे । तर, उनले पार्टीको जिम्मेवारी भने आवश्यताअनुसार हेरफेर हुनसक्ने बताए ।
कावा प्रधानमन्त्री पोखरेलले दुई पार्टी अध्यक्षबीच नियमित वार्ता र छलफल भइरहेको हुँदा सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि विवाद नरहेको दाबी गरे ।
‘हाम्रो पार्टीका अध्यक्षद्वयबीच विवाद बढेको भनेर समाचारहरू लेखिएका छन्,’, पोखरेलले प्रस्टीकरण दिँदै भने, ‘अध्यक्षद्वयबीच निरन्तर संवाद भइरहेको छ, विवाद छैन ।’