मेस्सी राष्ट्रिय टिममा फर्किए

होमल्याण्ड खबर

२०७६ कार्तिक १५ गते, शुक्रबार ११:२७ मा प्रकाशित

कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् ।

महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि कोपा अमेरिकाले गत साउनमा मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो ।

अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी परेका छन् ।

अर्जेन्टिनाले नोभेम्बर १५ मा अर्जेन्टिना र नोभेम्बर १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले भ्रष्ट्राचारको आरोप लगाएका थिए ।

मेस्सीले तेस्रो स्थानको पदक लिन समेत अस्विकार गरेका थिए ।

प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तान मेस्सीले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।