२ मंसिर २०८१, आईतवार
नेता–कार्यकर्ता पक्राउको विरोधमा नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले आज देशभर एकघण्टे चक्काजाम गरेको छ । बिहान १० बजेदेखि ११ बजेसम्म विप्लव समूहले गरेको चक्काजामको देशका केही स्थानमा मात्रै आंशिक प्रभाव परेको छ ।
केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंग सहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई पक्राउको विरोधमा सो समूहले आन्दोलनको घोषणा गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार गोरखा र कास्कीमा एक–एक स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।