युवा संघमा कुरा मिल्यो, कुन जिल्ला कसलाई (सूचीसहित)

होमल्याण्ड खबर

२०७६ कार्तिक १७ गते, आईतवार १३:०८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको १७ महिनापछि युवा संगठन (राष्ट्रिय युवा संगठन नेपाल) को एकता टुंगिएको छ ।

शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघको भागमा ४२ जिल्ला अध्यक्ष र ३५ जिल्ला इञ्चार्ज रहेको छ भने साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) को भागमा ३५ जिल्ला अध्यक्ष र ४२ जिल्ला इञ्चार्ज रहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ ।

संघले मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन किरण पौडेलको नेतृत्वमा प्रचार÷प्रसार समिति गठन गरेको छ ।

समितिका अन्य सदस्यमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नवीन खड्का र प्रकाश लामिछाने रहेका छन् ।

त्यस्तै आउँदो डिसेम्बरमा साईप्रसमा हुने ध्ँम्थ् को महासभामा भाग लिन संगठनका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ को नेतृत्वमा सुमन देवकोटा, सन्तोष रावल र सुन्दर भुषाल जाने युवासघंले निर्णय गरेको छ ।

युवासंघको विज्ञप्ति