११ मंसिर २०८१, मंगलवार
नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालविरुद्ध १०० रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ गरेको एमसीसीले १०० रन पूरा गरेको हो । १७ ओभरको खेल सकिँदा एमसीसीले १०३ रन बनाएको छ । एमसीसीको एक विकेट झरिसकेको छ ।
एमसीसीका लागि ओपनरमा आएका विल्ली गोडलम्यानले ५२ रनको अर्धशतकीय पारी खेल्दै आउट भएका थिए । उनलाई नेपालका पवन शरार्फले आउट गरेका थिए । त्यस्तै एमसीसीका विल रोर्डसले ३५ रन बनाइसकेका छन् । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका टोम विस्लीले ७ रन बनाइसकेका छन् ।
एमसीसीविरुद्ध नेपाली टोलीका निवर्तमान कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने खेलेका छैनन् ।