२ मंसिर २०८१, आईतवार
रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमले बयान अघि काउन्सिलिङको समय माग गरेका छन् ।
बयानका लागि अदालत पुर्याइएका आलमलाई काउन्सिलिङका लागि उनका कानुन व्यवसायीले समय माग गरेपछि केहीबेर बयान रोकिएको थियो ।
आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।