२ मंसिर २०८१, आईतवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी लिपुलेक नेपालको अभिन्न अङ्ग अभिभाज्य भूमि भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन् ।
दाङको तुलसीपुरमा बुधबार आयोजित चुनाबी कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कुटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई सुझाब दिए ।
नेपालको भूमि कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले बिदेशिको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने भन्दै लाचारिपन र आत्मसमर्पणवादी मानसिकताले मुलुकको स्वाधीनताको रक्षा हुन नसक्ने बताए ।
राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार बिदेशि हस्तक्षेपका सामु निरिह, लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले स्वाधीनताको रक्षाका खातिर कसैसंग सम्झौता हुन नसक्ने बिचार ब्यक्त गरे ।