२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आबलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन्।
तर, अख्तरकी पत्नी अमन खातुनले ओसीको मृत्यु नभइ, उनी विदेश गएको जिकिर गरेकी छन् । घटनामा ज्यान गुमाएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जोहरी दिएको थियो ।
आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे रौतहट जिल्ला अदालतमा बहस हुँदै गर्दा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको रौतहट अदालत स्रोतले बताएको छ।