११ मंसिर २०८१, मंगलवार
युरोकप छनोटमा बेल्जियमले शानदार जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बेल्जियमले साईप्रसमाथि ६–१ को शानदार जित निकालेको हो ।
बेल्जिमयका लागि केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । एक गोल आत्मघाति उपहार पाएको थियो । यस्तै, साइप्रसका निकोलसले एक गोल गरे ।
खेलको १४ औं मिनेटमा निकोलसले गोल गर्दै साइप्रसलाई सुरुवाती अग्रता दिलाएका थिए । १६ औं मिनेटमा बेल्जियमका बेनटेकले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६ औं केभिनले गोल गर्दै बेल्जियनलाई खेलमा २–१ को अग्रता दिलाए । ४१ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
४४ औं मिनेटमा कारास्कोले गोल गरेपछि बेल्जियमलाई ४–० को अग्रता दिलाए ।
५१ औं मिनेटमा साइप्रसका क्रिस्टोफोले आत्मघाती गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो । ६८ औं मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियनलाई ६–१ को शानदार जित दिलाए ।
जितसँगै बेल्जियम छनोटमा अपराजित रह्यो । बेल्जियमले १० खेलबाट ३० अंक जोड्दै समूह ‘आई’ मा शीर्षस्थानमा रह्यो । साईप्रस १० अंक सहित चौथो स्थानमा रह्यो ।
यही समूहको अन्य खेलमा रुसले सान मारिनोलाई ५–० ले र स्कटल्यान्डले काजकस्तानलाई ३–१ ले पराजित गरेका छन् ।
छनोटमा रुसले १० खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।