११ मंसिर २०८१, मंगलवार
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले घरेलु मैदानमा बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
आर्सनलका लागि एलेक्जेन्डर लाकाजेटले दुई गोल गरे । यस्तै साउथह्याम्पटनका लागि डानी इन्ग्स र जेम्स वार्डले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा डानीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा आर्सनलका लाकाजेटले गोल गर्दै खेल बराबरमिा ल्याए । ७१ औं मिनेटमा वार्डले गोल गर्दै साउथह्याम्पटनलाई पुनः २–१ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै आर्सनल १२ खेलबाट १७ अंकसहित लिगको आठौं स्थानमा रहेको छ । साउथह्याम्पटन ८ अंकसहित पुछारमा रहेको छ ।