११ मंसिर २०८१, मंगलवार
नेपाल क्रिकेट संघ (क्यान) सँग शर्तबारे छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)को टोली काठमाडौं आउँदैछ ।
साढे तीन वर्षदेखि क्यानमाथि लगाएको निलम्बन शशर्त फुकुवा गरेको साढे एक महिनापछि शर्तबारे छलफल गर्न आईसीसीको टोली काठमाडौं आउन लागेको हो ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार टोली नोभेम्बर अन्तिममा आउने बताइए पनि मिति भने तय भएको छैन । आईसीसीको शर्तबारे आधिकासरक जानकारी नआएपनि प्रशासनिक संचरना र कन्ट्रोल फन्ड सञ्चालन नै आईसीसीको शर्त रहेको महासचिव प्याकुरेलले बताए ।
उनले यही विषयमा नै आईसीसी प्रतिनिधी टोलीसँग छलफल हुने जानकारी दिए । अहिलेको अवस्थामा क्यानले आफ्नै तवरले काम गरिरहेको बताए । उनले भने, “हालै टोली बंगलादेश पठायौं । सागका तयारीसँगै अरु काम पनि गरीरहेका छौं । अब शर्तबारे छलफल भएपछि क्यान नयाँ तवरले अघि बढ्नेछ ।”
२०७३ सालमा राजनीति हाबी भएको भन्दै लगाएको निलम्बन आईसीसीले गत असोज २७ गते शशर्त फकुवा गरेको हो ।