प्रधानमन्त्री ओलीले खेलाडीलाई आज विशेष सम्बोधन गर्दै

होमल्याण्ड खबर

२०७६ मंसिर १० गते, मंगलवार १०:०० मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागीहरुलाई लक्षित गरी आज विशेष सम्बोधन गर्दैछन् ।

दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिकिनै लाग्दा प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुने खेलाडीको मनोबल बढाउने ध्येयका साथ सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।

१५ मंसिरबाट काठमाडौं, पोखरा र जनकपुरमा १३ औं साग प्रतियोगिता हुँदैछ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकका लागि केही प्याकेज घोषणा गर्ने ठानिएको छ ।

बंगलादेशमा भएको एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिमका खेलाडीहरुलाई पुरस्कार दिने तयारी पनि छ ।