२ मंसिर २०८१, आईतवार
भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यका लागि शनिवार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले अग्रता लिएको छ। चाँगुनारायण नगरपालिकाको नौवटै वडा र भक्तपुर नगरपालिका–१० समावेश यस क्षेत्रको मतगणनामा बिहान ७ बजेसम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललेको अग्रता छ।
चाँगुनारायण नगरपालिका–१ देखि ६ वडासम्मको मतगणनामा भँडेलले ९ हजार ९५ मत प्राप्त गरेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ६हजार७८३ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले २हजार ६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएकछन् ।
भक्तपुर क्षेत्र नं. १ क मा भएको उपनिर्वाचनमा ७१.१७ प्रतिशत मत खसेको छ ।
भक्तपुरमा शान्तिपूर्वक मतदान भएको छ । यस प्रदेशमा कुल ४५ हजार १५ मतदाता रहेका छन् र अहिलेसम्म जम्मा कुल १९००० मत खसेको नेपाल ताराका भक्तपुर संवादाता मोहनप्रसाद बल्लले जानकारी दिए ।