२६ फाल्गुन २०८२, मंगलवार
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमल पराजुलीलाई ८०२ को मतान्तरले हराउँदै पोखरेल विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी हुँदा कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् ।


तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका नुर्वु शेर्पाले २९८ मत प्राप्त गरेका छन् ।