११ मंसिर २०८१, मंगलवार
नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । १३ औँ सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि खड्काले राजीनामा दिएका हुन् ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाली फुटबल टिम भारतसँग २–० ले पराजित भएको थियो ।
पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खड्काले स्वर्णको मिसन भएको र प्राप्त हुन नसक्दा नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।