११ मंसिर २०८१, मंगलवार
पोखरा प्रिमियर लिग को दोस्रो संस्करणका लागि काठमाण्डौ गोल्डेन्सले तीन जना भारतीय खेलाडी भित्र्याएको छ ।
नेपाली क्रिकेटमा चिरपरिचित नामलाई नै काठमाण्डौ गोल्डेन्सले टिममा ल्याएको हो । जसमा गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी छन् । यी तीन खेलाडीले यसअघि पनि पीपीएल खेलिसकेका छन् ।
एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्सबाट खेलेका जयकिशन र गौरव पीपीएलमा पनि ज्ञानेन्द्रकै कप्तानीमा खेल्ने भएका छन् ।
सुवोध दिल्लीबाट रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । उनले दोस्रो संस्करणको डीपीएलमा काठमाण्डौबाट नै खेलेका थिए ।
जसमा उनले १ सय १६ रन बनाउनुका साथै ८ विकेट पनि लिएका थिए । काठमाण्डौले यही मंसिर २८ मा पोखरा पल्टनसँग खेल्दै पीपीएलको सुरुवात गर्नेछ । प्रतियाेगिता पुष १२ गतेसम्म चल्नेछ ।