पौडेल पक्षद्वारा आज पनि केन्द्रीय समिति बैठक बहिष्कार

होमल्याण्ड खबर

२०७६ मंसिर २९ गते, आईतवार १३:२१ मा प्रकाशित

नेता रामचन्द्र पौडेल पक्षले आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने भएको छ । १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म बैठक बहिष्कार जारी राख्ने पौडेल पक्षकाे अडान रहेकाे छ ।

पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको, सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो।

असन्तुष्ट नेता पौडेललाई मनाउन सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित शनिबार बिहान उनकै निवासमा पुगेका थिए। पौडेलले कार्यातालिकाको अडान दोहर्‍याएपछि दिउँसो वार्ता समितिमा छलफल गर्ने गरी बैठक विना निष्कर्ष टुंगियो।

केन्द्रीय कार्यसमिति बैठक १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।