२६ फाल्गुन २०८२, मंगलवार
एक बर्षपछि आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १७ पृष्ठ लामो प्रतिवेदन बुझाएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अब नियमित रुपमा स्थायी समिति चलायमान हुने जनाइएको छ । सो क्रममा अध्यक्ष प्रचण्डले बैठक नियमित बस्न नसकेकोमा आत्माआलोचना पनि गरेका छन् ।


नेकपा केन्द्रीय कमिटीको बैठक पनि नियमित राखिने र जिल्ला जिल्लामा पार्टीको प्रशिक्षण गरिने जनाइएको छ । नेपालको भूमी मिचिएको कालापानी क्षेत्रको विवादबारे पनि सरकारले ठोस कदम चाल्ने छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा पुगेका थिए । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको छ ।