२६ फाल्गुन २०८२, मंगलवार
सोमबार पनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ ।
संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको छ । पौडेल पक्षले दिउँसो तीन बजे आफ्नो पक्षको बैठक बोलाएको छ ।


त्यसपछि सोमबार विहान दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो । वार्ताका लागि उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका तिए ।
‘कुराकानी सकारात्मक भए पनि टुंगोमा पुगेको छैन’, पौडेल समूहका एक नेता भन्छन्, ‘सहमतिका लागि प्रयास जारी राख्छौं तर एउटा निर्णयमा नपुगेसम्म केन्द्रीय समितिको बैठकमा सहभागी हुदैनौं ।’ १४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।