२ मंसिर २०८१, आईतवार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दैछ ।
नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक अपराह्न २ बजे संसद् भवनमा बोलाएको हो ।
दलको बैठक शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरुलाई ब्रिफिङ गर्न बोलाइएको हो ।
दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्नेछन् ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरुलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको बिहीबारमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।
दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको शुक्रबारको बैठक भने स्थगित गरिएको छ ।