सरकार छाड्ने समाजवादी पार्टीको निर्णय

होमल्याण्ड खबर

२०७६ पुष ८ गते, मंगलवार १४:२२ मा प्रकाशित

समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । आज बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि समाजवादीले सरकार छाड्न लागेको एक नेताले जानकारी दिए ।

समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित कानुन न्याय तथा संसदीय मामिला र मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री छन् ।

दुवै जनाले आजै पदबाट राजीनामा दिन लागेका छन् ।