२ मंसिर २०८१, आईतवार
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
उनी आज राजधानीमा आयोजित भारतले गरेको सीमा अतिक्रमणको विरोधमा गरिएको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
सीमा अतिक्रमणको विरोधमा रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष गजुेरलसहित मोर्चाका महासचिव परी थापा र नेता पवनमान श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई प्रदर्शनी मार्गस्थित प्रहरी वृतमा राखिएको छ ।