समाजवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (नामावलीसहित)

होमल्याण्ड खबर

२०७६ पुष २० गते, आईतवार १२:५८ मा प्रकाशित

समाजवादी पार्टीले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । माघ ९ गते हुने राष्ट्रियसभाका निर्वाचनका लागि आज पार्टीले नाम टुंगो लगाएको हो ।

जस अनुसार प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई, प्रदेश २ बाट रामप्रित पासवना र अनिरुद्रसिंह यादवलाई तथा प्रदेश ५ बाट कृष्णप्रसाद यादवलाई उम्मेदवार बनाएको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ ।

यसैगरी राष्ट्रिय जनता पार्टी नेपाल राजपाले शनिबार राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको थियो ।

राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष सप्तरीका मृगेन्द्रकुमार सिंह यादवलाई अन्य समूहबाट र सप्तरीकै शेखरकुमार सिंहलाई अल्पसंख्यक/अपांगता समूहबाट उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता केशव झाले जानकारी दिए ।

यसैगरी प्रदेश २ मा राजपाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तालमेल गरेर दुई/दुई सिटमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ मा हुँदैछ । त्यसका लागि आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने काम भइरहेको छ ।