२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला आज दिउँसो पार्टी कार्यालय सानेपामा आयोजना गर्दै छ । सभापति शेरबहादुर देउवाको कदमविरुद्ध लड्न भन्दै पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।
भेलामा सहभागी हुन विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं पुगिसकेका छन् । सभापति देउवाले एकलौटी ढंगले पेलेर जान खोजेकोले जिल्ला सभापतिहरुसँग छलफल गरेर आगामी रणनीति बनाउने पौडेल समूहको तयारी छ ।
१४औँ महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र असमझदारी बढेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारबीच कांग्रेस केन्द्रीय समितिले महाधिवेशनका मिति तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि दुवै समूह सभापति शेरबहादुर देउवाविरुद्ध एक जुट भएर लाग्ने निष्कर्षमा पुगेका हन् ।
कांग्रेसले १४औँ महाविधेशन अर्को वर्ष फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४१ पुर्याउने, तरुणदलको कार्यकाल थप्ने लगायका निर्णय लिएको थियो।