२ मंसिर २०८१, आईतवार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज विहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयका साथै प्रतिनिधिसभाका सभामुख चयनबारे छलफल भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
उता, सत्यनिरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपता छानबिन आयोगको पदाधिकारी नियुक्तीको विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
संक्रमणकालिन न्याय टुँगोमा पुर्याउने उद्देश्यले नेताद्धय दाहाल र देउवाबीच पछिल्लो समय छलफल भैरहेको छ ।