९ मंसिर २०८१, आईतवार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र श्रमिक बैक खोल्न भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले देशभरीका सबै श्रमिकलाई एकै ठाउँमा जोड्नका लागि श्रमिक बैंकको स्थापना गर्ने बताएका छन् ।
मन्त्री यादवले तीन महिनाभित्र अध्ययन सक्ने र श्रमिक बैंकको स्थापना गरेर देशभरीका श्रमिकलाई बैंकमा जोडेर रोजगारी प्रदान गर्ने योजना रहेको बताए ।
श्रमिक बैंकमा सबै श्रमिक जोडिन सक्छन् । बैंकमार्फत श्रमिकलाई सीप प्रदान गर्न सातै प्रदेशमा सीप विकास तालिम केन्द्र सञ्चालन गर्ने सकिन्छ ।
उनले भने, बैंकमा जोडिएका श्रमिकले आफूले चाहेको आफ्नो इच्छा र चाहना अनुसारको रोजगारी छनोट गर्न पाउँछन् । सरकारले विगतदेखि नै श्रम र श्रमिक बैक खोज्ने योजना अघि सरेको थियो । अब केही महिना भित्र त्यो काम पुरा हुनेछ ।