३ मंसिर २०८१, सोमबार
लामो समयदेखि विवादित बनेको प्रदेश ३ को नाम र राजधानीका विषयका अन्तत सहमति जुटेको छ ।
शुक्रबार मुख्यमन्त्री डोरमणी पौडेलको निवासमा बसेको संसदीय दलको पाँचौ बैठकले सहमति जुटाएको हो । सहमतिअनुसार नेकपाले प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ ।
नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने भएको हो । अब उक्त एउटा प्रस्तावमा मतदान हुनेछ ।
नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विवाद सिर्जना भएको थियो ।
नेकपाले अझै नाम र राजधानीको विषयमा सहमति जुट्न नसकेको भए पार्टीभित्र ह्विप लगाउने तयारी गरेको थियो ।