ए डिभिजन लिगः आज थ्री स्टार र फ्रेन्ड्स तथा सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुँदै

होमल्याण्ड खबर

२०७६ पुष २७ गते, आईतवार ११:०४ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा थ्रीस्टार क्लब र फ्रेण्ड्स क्लब तथा दोस्रो खेलमा सरस्वती क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल मध्यान्ह १२ बजे थ्रीस्टार र फ्रेण्ड्स तथा दोस्रो खेल दिउँसो ३ बजे सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

जारी लिगमा तीन खेलमा जित, समान एक खेलमा बराबर तथा हार ब्यहोरेको थ्रीस्टार १० अंकसहित तालिकाको चौथो स्थानमा छ । २ बराबरी र ३ खेलमा हार ब्यहोरेको फ्रेण्ड्स २ अंक जोड्दै १३ औं स्थानमा छ ।