३ मंसिर २०८१, सोमबार
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखका सम्बन्धमा सत्तारुढ नेकपाले निर्णय लिन नसक्दा संसद पुनः बन्धक बनेको हो । सभामुख टुंगो नलागेकै कारण लगातार चौथोपटक बैठक स्थगित गरिएको हो।
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर सभामुखका सम्बन्धमा निर्णय हुन नसक्दा सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी संसद सचिवालयले दिएको हो ।
अर्को बैठक माघ ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन पुस ११ गते र पुस १६ गते पनि स्थगित गरिएको थियो ।
सभामुखबारे टुंगो लगाउन भन्दै नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्ड बालुवाटारमा छलफलमा रहेका छन् । सो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी छिन् । यसअघि शनिबार नेकपाको सचिवालय बैठकले शिवमायालाई राजीनामा दिन भनेको थियो ।
शिवमायाले भने राजीनामा नदिने र आइतबारको बैठक आफैले सञ्चालन गर्ने दाबी गरेकी थिइन् ।