३ मंसिर २०८१, सोमबार
सभामुख चयनका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल आज पनि जारी रहेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल सुरू भएको हो ।
नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा पार्टीमा विवाद देखिएको छ । बिहान निवास खुमलटारमा नेता देवेन्द्र पौडेललाई भेट गरी प्रचण्डले पौने ९ बजे बालुवाटार पुगेको बताइएको छ ।
आज नेकपाले सभामुख चयनको विषय टुंग्यानुपर्ने दबाव रहेको छ । नेकपाले आज पनि सभामुखको विषय निष्कर्षमा नलगे भोली डाकिएको प्रतिनिधिसभाको बैठक फेरि पनि स्थागित हुनेछ ।
यसअघि पनि सभामुख चयन गर्न नसक्दा पटक पटक प्रतिनिधिसभाको बैठक स्थागित हुँदै आइरहेको छ ।