३ मंसिर २०८१, सोमबार
माघ ९ गते प्रदेश नं. २ मा हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा दलहरुबीच एक अर्कालाई सघाउने सहमति भएको छ ।
नेपाल संघीय समाजवादी पार्टीका मतदाताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महिला तर्फका उम्मेद्वार तुलसा कुमारी दाहाल, दलित तर्फका उम्मेद्वार राधेश्याम पासवान र राष्ट्रिय जनता पार्टी, नेपालका अन्य तर्फका उम्मेद्वारहरु मृगेन्द्रकुमार सिंह यादव, अल्पसंख्यक तर्फका उम्मेद्वार शेखरकुमार सिंहको पक्षमा मतदान गरी सघाउने सहमति भएको हो ।
सहमतिमा आगामी दिनमा समेत राजनीतिक सहकार्य रहने उल्लेख गरिएको छ । सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णुप्रसाद पौडेल र कार्यालय सचिव श्रीराम पौडेलका उपस्थिति रहेको थियो ।
त्यस्तै, राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो रहेका थिए ।
त्यसैगरी, नेपाल संघीय समाजवादी पार्टीबाट अध्यक्ष रिजवान अन्सारी तथा वरिष्ठ नेता अनन्त राईको उपस्थिति रहेको थियो । उनीहरुले हस्ताक्षर गरेर सहमति कार्यान्वयन तर्फ अघि बढाएका हुन् ।