३ मंसिर २०८१, सोमबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आज संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन् ।
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् ।
उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।
संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि सभामुख पद चार महिनादेखि रिक्त छ ।