३ मंसिर २०८१, सोमबार
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सोमबार सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शपथ गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।
प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सापकोटा आइतवार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
आइतवारको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।