ए डिभिजन लिगः आज फ्रेण्ड्स र च्यासल तथा एनआरटी र ब्रिगेड ब्वाइज भिड्दै

होमल्याण्ड खबर

२०७६ माघ १६ गते, बिहीबार १०:४१ मा प्रकाशित

शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज बिहिबार दुई खेल हुँदैछ ।

लिगको नवौं चरणको अन्तिम दिनका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । पहिलो खेल च्यासल युथ क्लब र फ्रेन्ड्स क्लब तथा दोस्रो खेल ब्रिगेड ब्वाईज क्लब एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल मध्यान्ह १२ बजे फ्रेन्ड्स र च्यासल तथा दोस्रो खेल दिउँसो ३ बजे ब्रिगेड ब्वाईज र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

दुई जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको च्यासल आठ खेलबाट ९ अंक बनाउँदै तालिकाको नवौं स्थानमा छ ।

यसैगरी ८ खेल खेलेको फ्रेण्ड्सको ८ अंक रहेको छ । २ जित, २ बराबरी र ४ हार निकालेको फ्रेण्ड्स ११ औं स्थानमा छ ।

ब्रिगेड ब्वाइज आठ अंक सहित दशौं स्थानमा छ । उसले दुई जित, दुई बराबरी र चार हारको नतिजा निकालेको छ । एनआरटी भने आठौं चरण सकिँदा १२ अंक सहित छैटौं स्थानमा छ ।