जग्गा प्रकरणमा गच्छदारलाई फसाइएको भन्दै कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

होमल्याण्ड खबर

२०७६ माघ २४ गते, शुक्रबार १२:०५ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि संसद अवरुद्व गर्ने भएको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेर फसाएको भन्दै विरोधमा शुक्रबार पनि प्रतिनिधिसभा अवरुद्ध गर्ने भएको हो ।

फरक पार्टी र विचारको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगलाई सरकारले आफ्नो निर्देशनमा चलाउन खोजेको कांग्रेसको आरोप रहेको छ ।