३ मंसिर २०८१, सोमबार
मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि शुक्रवार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै आज पनि संसद् बैठक स्थगित गरेको थियोविपक्षी दल कांग्रेसकै अबरोधका कारण बिहिबार स्थगित बैठक आज शुक्रबार दिँउसो १ बजेको लागि डाँकिएको थियो । विपक्षी दल कांग्रेसकै अबरोधका कारण बिहिबार स्थगित बैठक आज शुक्रबार दिँउसो १ बजेको लागि डाँकिएको थियो ।
दिँउसो १ बजे सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्ने बित्तिकै बोल्दै नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेकपा नेतृत्वको सरकारले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई सिध्याउने नीति सरकारले लिएको दाबी गरे । त्यसपछि विपक्षी दल कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए । सभामुख अग्निपसाद सापकोटाले सदन अवरुद्ध नगर्न पटकपटक आग्रह गरेतापनि प्रतिपक्षी दल कांग्रेसका सांसदहरू उठेर विरोध जनाए पछि संसद् बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए तर पुन शुक्रवार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
संसद् बैठक पुनः आईतबार १ बजे बस्ने भनि सुचना टास गरिएको छ ।