९ मंसिर २०८१, आईतवार
खेल सकिएपछि खेलाडीलाई रेडकार्ड ! सुन्दा र पढ्दा अचम्म लाग्नसक्छ । तर शनिबार राति स्पेनिस ला लिगाको एक खेलमा यस्तै भएको छ ।
शनिबार राति उपाधि होडबाट बाहिरिसकेको रियल म्यड्रिड र लेगानेसबीच प्रतिस्पर्धामा थिए । खेल सकिएपछि लेगानेसका खेलाडीले रेड कार्ड पाए । खेल सकिएको सिठी बजाएको विरोधमा रेफ्रीलाई दुर्व्यवहार गरेका लेगानेसका कप्तान ग्याब्रिएलले रेडकार्ड पाएका हुन् ।
प्रतियोगितामा आफ्ना प्रमुख खेलाडीहरुबिनै मैदान उत्रिएको रियलले लेगानेसलाई २–१ ले हराएको छ । खेलको अन्तिम समयतिर लेगानेस आक्रामक रुपमा प्रस्तुत भएको थियो । त्यहीबेला रेफ्रीले खेल सकिएको संकेतस्वरुप लामो सिटी बजाएका थिए ।
यो म्याचमा रियलका क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस र मार्सेलो खेलेनन् । उनीहरुलाई मंगलबार हुने च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल लेगका लागि विश्राम दिएको बताइएको छ । एजेन्सी