३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउमा डा.कोइरालाले मुख्यमन्त्री आदित्यनाथसँग भेट गरेका हुन् ।
उनीहरूका वीच के विषयमा कुराकानी भएको थियो केही भनिएको छैन ।
हिन्दूराष्ट्रको विषयमा लचक मानिने महामन्त्री डा.कोइरालाले हिन्दूत्वको विषयलाई उठाउँदै आएका मुख्यमन्त्री आदित्यनाथसँग भेट गरेका छन् ।