१० मंसिर २०८१, सोमबार
विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा बराबरी खेल्दै अंक बाडेको छ । सातदोबाटोमा बिहिबार लिगको आफ्नो अन्तिम खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्समा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा एपीएफले ब्रिगेडसँग नम्बर बाँडन परेको हो । नविन लामाले मिलाएको पासलाई सिक्स यार्ड बक्समा रहेका आशिषले आकर्षक हेड गोल गरेका थिए । तर, पहिलो हाफमा बनाएको अग्रतालाई एपीएफले अन्तिम समयसम्म जोगाउन नसक्दा खेलको थप गरिएको इन्जुरी समयमा गोल खाएको थियो । थप गरिएको समयको तेस्रो मिनेटमा ब्रिगेडका बैकल्पिक खेलाडी विजय गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएपछि एपीएफले एक अंकका चित्त बुझाएको हो ।
ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोडदै एपीएफ यस सिजनको लिगको १२ औं स्थानमा रह्यो भने १३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहको छ ।