महराले सफाइ पाएको पत्र संसद सचिवालयमाः अब बैठकमा सहभागी हुन पाउने

होमल्याण्ड खबर

२०७६ फाल्गुन ६ गते, मंगलवार १५:०१ मा प्रकाशित

संघीय संसदकी कर्मचारीमाथि जवरजस्ती करणीको अभियोगबाट सफाइ पाएका निवर्तमान कृष्णबहादुर महरालाई संसद बैठक जान बाटो खुलेको छ ।

आज काठमाडौं जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।

जिल्ला अदालतको पत्र वाचन गर्दै सभामुख अग्नीप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको जानकारी बैठकलाई गराए । योसँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो खुलेको हो ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए ।