३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन् ।
जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेका हुन् ।
६९ औं जन्म दिन मनाउन लागेका प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा जन्मेका थिए ।
जन्म दिन मनाउन उनी आज बिहान त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख््यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए ।
ओलीले जन्मदिनमा त्यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साट्ने योजना बनाएका छन् ।
जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ) जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आज सार्वजनिक बिदा दिएको छ ।