म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई हरायो

होमल्याण्ड खबर

२०७६ फाल्गुन ११ गते, आईतवार ११:१७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई हराएको छ ।

शनिबार राति लेस्टरको घरेलु मैदानमा भएको खेलमा सिटीले लेस्टरलाई १–० ले हराएको हो ।

सिटीका लागि ग्याब्रियल जिससले निर्णायक गोल गरे ।

खेलको ८० औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई तीन अंक दिलाएका थिए ।

जितसँगै सिटीले तेस्रो स्थानको लेस्टरसँग ७ अंकको अग्रता कायम गरेको छ ।

सिटी ५८ अंक सहित तालिकाको दोस्रो स्थानमा यथावत छ । लेस्टर ५० अंक सहित तेस्रो स्थानमा छ ।

अन्य नतिजा

बर्नलीविरुद्ध बर्नमाउथ (३–०)

क्रिस्टल प्यालेसविरुद्ध न्युक्यासल (१–०)

सेफिल्डविरुद्ध ब्राइटन (१–१)

साउथह्याम्पटनविरुद्ध एस्टन भिल्ला (२–०)