नेकपा बैठक : वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने

होमल्याण्ड खबर

२०७६ फाल्गुन १४ गते, बुधबार १३:२६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेककपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ ।

बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै संविधान संशोधन गर्न गठन गरेको कार्यदल भने बैठकले विघटन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णयपछि पार्टीको आन्तरिक राजनीतिक तरङ्गित भएको थियो ।