१० मंसिर २०८१, सोमबार
आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् ।
दसानायके इपिएलमा भैरहवाको मुख्य प्रशिक्षक हुन् । उनी आइतबारनै नेपाल आइपुगेका हुन् । ओमानका बायाँ हाते तीव्र गतिका बलर बिलाल खान, श्रीलङ्काका स्पिनर जीवन मेन्डिस र बायाँ हाते अलराउन्डर मिलिन्डा श्रीवार्दानाले भैरहवाबाट इपिएल खेल्ने पक्का भएको उनले बताए । त्यस्तै भैरहवाले यसअघि नै वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाम सार्वजनिक गरेकोे थियो ।