१० मंसिर २०८१, सोमबार
एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित हात पारेकाे छ । बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गर्दै जीत निकालेकाे हाे।
थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५।३ ओभरमै १ विकेट गुमाएर भट्टायो। नेपालका लागि ओपनर कुशल मल्लले विष्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ३६ रन जोडे। त्यस्तै पवन सर्राफले १० बलमा २७ रन बनाए भने ओपनिङमा आएका पारस खड्काले ९ रन बनाए। उनी नोफोन सेनामोन्त्रीको बलमा बोल्ड आउट भएका थिए।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। उसका लागि हेनो जोर्डन र फिरियापोङले समान १३र१३ रन जोडे भने अन्य ब्याट्स्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
तुलनात्मक कमजोर ठानिएको थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ विकेट लिए। त्यस्तै अबिनाश बोहराले २ र सन्दीप लामिछानेले १ विकेट लिए। भुवन कार्कीको नाममा पनि १ विकेट रह्यो । थाइल्यान्डका ३ ब्याट्सम्यान रन आउट भएका थिए।
यसअघि पहिलो खेलमा नेपाल मलेसियासँग २२ र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो।