२९ फाल्गुन २०८२, शुक्रबार
सुनको मूल्य एक्कासी २ हजार २ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार प्रतितोला ७८ हजार रुपैयाँमा बिक्री भएको तेजावी बुधबार प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


मंगलबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी २० रुपैयाँ बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।