१० मंसिर २०८१, सोमबार
नेपाल थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
बैंककमा बुधबार भएको दोस्रो खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।
इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको छ । एसिया कप खेल्ने नेपालको सपना समेत सकिएको छ ।
सिंगापुरले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पाएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनायो ।
अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेलमा मलेसिया र हङकङको समान ४र४ अंक रहेको छ ।
नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । नेपालले सिंगापुरसँग खेल्न बाँकी रहेको छ ।
पाँच टोली सहभागि इस्टर्न रिजनमा शीर्ष दुई टोली एसिया कपको लागि छनोट हुने छन् । शीर्ष स्थानमा रहेको सिंगापुर एक खेल अगाबै एसिया कप छनोटमा पुग्न सफल भएको छ । एसिया कप छनोटमा पुग्ने अर्को राष्ट्रको टुंगो भने शुक्रबार लाग्ने छ । मलेसिया र हङकङबीचको विजेताले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
अब नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्नेछ ।