१० मंसिर २०८१, सोमबार
एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा शुक्रबार उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।
सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ । हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।