कोरानाबाट नतर्सौ, सचेत बनौं : सांसद गगन थापा

होमल्याण्ड खबर

२०७६ फाल्गुन २३ गते, शुक्रबार १३:५२ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट नतर्सिकन सचेत रहन सबैमा आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा प्रस्ताव पेश गर्दै थापाले भने, ‘कोरोनाभाइरसबाट सचेत रहने हो तर्सने होइन । हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ । हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन । सुझबुझपूर्ण तयारी गरौं । सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु, । छरपस्ट होइन एकजुट भएर तयारीमा जुटौं ।’

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट बिरामी भाग्नुपर्ने आवस्था आउनु दुःखद भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउन सुझाए । खाली होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने भन्दै उनले त्यसको तयारीमा लाग्न सरकारलाई सुझाव दिए ।