३ मंसिर २०८१, सोमबार
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।
राजदूत क्वात्राले आज बिहान सभामुखको कार्यकक्ष सिंहदरबारमै पुगेर शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।
नवनियुक्त नेपालको राजदुत भएरआएपछि भारतीय राजदुत क्वात्रा उच्चस्तरीय भेटमा व्यस्त रहेका छन् । उनले यस अघि उपप्रधानमन्त्री, अन्य मन्त्रीसहित उच्च राजनीतिक नेताहरुसँग भेटवार्ता गरेका थिए ।